पदाधिकारी

सहदेव रायमाझी graphic

सहदेव रायमाझी

स्थानीय विकास अधिकारी

पढ्नुहोस..

युवराज जोशी graphic

युवराज जोशी

कार्यक्रम अधिकृत (सुचना अधिकारी)

पढ्नुहोस..

दार्चुला जिल्लाको संक्षिप्त परिचय

दार्चुला जिल्ला विकास समितिको वेब साइटमा यहांलाई हार्दिक स्वागत छ । यस वेब साइट मार्फत विभिन्न सरोकारवालाहरुलाई हाम्रा गतिविधी र सेवा सम्बन्धि सूचना सरल र सहज ढंगले पु-याउने प्रयास गरेका छौं । यहांहरुले यस वेब साइट मार्फत जिल्लाको जानकारी, जिविस र अन्तरगतका आयोजनाहरू सम्वन्धी जानकारी, कार्यालयका नीतिहरु, टेन्डर/कोटेशन, विज्ञापन, व्यक्तिगत घटना दर्ता, बजेट, योजना तथा कार्यक्रम, आन्तरिक कर र राजस्व, नागरिक बडापत्र, जिल्ला परिषदका निर्णयहरु, संगठनात्मक संरचना, गाविस गतिविधी, प्रतिवेदन, मानव संसाधन विकास आदिका साथै जि.वि.स.का अन्य कार्यक्रम तथा परियोजना सम्बन्धि सूचना पाउन सक्नु हुनेछ । जिविसको वेभ साइट सम्बन्धि feedback भए ddc.darchula@gmail.com मा पठाई सहयोग गर्न सक्नु हुनेछ । यस वेब साइटमा पाल्नु भएकोमा धन्यवाद टक्राउँदै यहाँको पुनःआगमन प्रार्थनिय छ। नेपालको सुदूर पश्चिमाञ्चल विकास क्षेत्र अन्तरगत महाकाली अञ्चलका ४ जिल्ला मध्ये छुट्टै महत्व रहेको यो जिल्ला एशियाका दुई शक्तिशाली राष्ट्र भारत र चीनको सिमानासंग जोडिएको दार्चुला जिल्लाको नाम दार्चुला कसरी रहन गयो भन्ने सम्बन्धमा कुनै लिखित प्रमाण प्राप्त नभएतापनि विभिन्न किबंदन्तिहरु सुन्न पाईन्छन् । दार्चुला शव्द उच्चारण गर्दा दारचूला भए पनि स्थानीय भाषाको दुईवटा शव्द धार र चूला बाट विकसित भएको हो। स्थानीय भाषामा धारको अर्थ पहाडको अग्लो चुचुरो र चुलाको अर्थ चुल्हो हुन्छ। यस भेगमा खान पकाउन प्रयोग गरीने चुल्होहरु प्रायः एक समानका तिन वटा ढुङ्गाहरुमा माटो पोतेर चुचुरो को आकारमा वनेका हुन्छन् । यसरी तिनै तिर चुचुरो (धार) जस्तो चुल्हो वनाई खान पकाउने ठाउँ भएकोले धारचुला नाम रहेको र धारचुला पछि अपभ्रम्स भई दारचुला र त्यसपछि दार्चुला वन्न गएको हो भन्ने एक थरिको भनाई रहेको छ ।
थप पढ्नुहोस्
Skip to toolbar